तनहूँ । व्यास नगरपालिकाको वैठकले विभिन्न निर्णयहरु गरेको छ । व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले पुर्व एवं निवर्तमान जनप्रतिनिधिहरुको सम्मिलित परामर्श समिति गठन, नगर खेलकुद समिति गठन, सल्लाहकार मनोनयन गरेको छ ।
आज बसेको उक्त नियमित बैठकले व्यास नगरपालिका वडा नं ८ को वडा कार्यालय परिसरभित्रको जमिन विभिन्न व्यक्तिको नाउँमा भएकाले कानून बमोजिम अधीग्रहण प्रकृया अघि बढाउने र वडा कार्यालयको नयाँ भवन निर्माण गर्ने निर्णय पनि गरेको छ । साथै बैठकले यहि फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसका दिन व्यास गुफा देखी तनहूँसूर सम्म महिला हाफ खुल्ला म्याराथन गर्ने पनि निर्णय गरेको छ ।
नगर प्रमुख, नगर प्रप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थितिमा भएको बैठकले अन्य विभिन्न निर्णयहरु गर्नुका साथै व्यास नगरपालिकाद्वारा निर्माण गर्न लागिएको बहुउदेश्यीय भवनको भौतिक एवं आर्थिक लाभलागतको विस्तृत प्रतिवेदन पुर्वाधार विकास शाखाद्वारा प्रस्तुतिकरण भई जानकारी लिइएको छ ।








