शुक्लागण्डकी नगर राष्ट्रिय युवा संघको अध्यक्षमा भगवान र सचिवमा संजय चयन

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युवा संघ नेपालको तनहूँको शुक्लागण्डकी नगर कमिटिको अधिवेशन सम्पन्न भएको छ । शुक्लागण्डकी नगर कमिटिको अधिवेशनबाट अध्यक्षमा भगवन पुन, उपाध्यक्ष सुरेन्द्र थापा, सचिव संजय तिमल्सेना, उप सचिव कविता थापा र रोशन राना लगाएत ४७ जनाको कमिटि गठन भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश सदस्य कमल ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ढकालले राष्ट्रिय युवा संघका युवाहरुले देशमा परिवर्तनको लागि महत्वपुर्ण भुमिका खेल्ने गरेको बताउनु भएको थियो । युवा संघले देश र जनताको पक्षमा जहिले पनि अगाडी सरेर काम गर्ने गरेको, कालापानी, लिम्पियाधुरामा मार्चपास गरेर नेपालको झण्डा फरफराएर आएको बताउनु भएको थियो ।

त्यसै गरि विशिष्ट अतिथि खिम कुमालले राष्ट्रिय युवा संघ नेपालले निकै राम्रा राम्रा काम गरेको यसले धेरै युवाहरुको मन जितेको समेत बताउनु भयो । उहाँले देशका हरेक क्रियाकलापहरुमा युवा संघले चासो लिएर काम गरेको देखिएको राष्ट्रिय युवा संघ नेपाल नेकपा एमालेको सबै भन्दा महत्वपूर्ण भातृसंगठन भएको बताउनु भयो ।

त्यसै गरि विशिष्ट अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तिर्थ खनाल, राष्ट्रिय युवा संघ नेपाल, तनहूँ जिल्ला कमिटि अध्यक्ष मदन तिमल्सेना, अथिति हरु नेकपा एमाले जिल्ला सदस्य राम कुमार श्रेष्ठ, लगाएतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल तनहूँ जिल्ला उप सचिव सुरेन्द्र तमाङ, जिल्ला सदस्यहरु, शुक्लागण्डकी नगरका युवाहरु लगाएतको उपस्थिति रहेको थियो । पदाधिकारीहरुलाई राष्ट्रिय युवा संघ नेपाल तनहूँ जिल्ला अध्यक्ष मदन तिमल्सेनाले सपथग्रहण गराउनु भएको थियो । कार्यक्रम शुक्लागण्डकी नगरका निवर्तमान सचिव कोमल बानियाले संचालन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?