विजय मल्ल बने राष्ट्रिय युवा संघ नेपालको तनहूँ भिमाद नगर कमिटिको अध्यक्ष

  • ख-
  • ख+

तनहूँ / राष्ट्रिय युवा संघ नेपालको तनहूँ भिमाद नगर कमिटिको अधिवेशनले युवा नेता विजय मल्ल्लाई अध्यक्ष चयन गरेको छ । भिमाद नगर कमिटिको अध्यक्ष माधब थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा विजय मल्ल निर्विरोध चयन गरेको हो । त्यसैगरी अधिवेशनले कमिटिको उपाध्यक्ष सुरज वि.क., सचिव डम्वर थापा सिंजाली , उप सचिव दिपेन्द्र भण्डरी र पवन अधिकारी लगाएत ४७ जनाको कमिटि चयन छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य एवम् भिमाद नगरपालिका प्रमुख दधिराज सुबेदिको प्रमुख आतिथ्यतामा भएको थियो ।
अधिवेशनको उद्घाटन गर्दै सुबेदीले राष्ट्रिय युवा संघका युवाहरुले देशमा परिवर्तनको लागि महत्वपुर्ण भुमिका खेल्ने गरेको, राष्ट्रिय युवा संघ नेपाल नेकपा एमालेको सबै भन्दा महत्वपुर्ण भएको बताउनु भयो साथै युवा संघले देश र जनताको पक्षमा जहिले पनि अगाडी सरेर काम गर्ने गरेको समेत बताउनु भयो । त्यसैगरि बिशिष्ट अतिथि नेकपा एमाले जिल्ला उप सचिव खिम कुमाल, जिल्ला कमिटि सदस्य एवम् युवा इन्चार्ज देवन गुरुङ, अतिथिहरु नेकपा एमाले जिल्ला सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य उज्वल खनाल, राष्ट्रिय युवा संघ नेपाल तनहूँ जिल्ला कमिटि अध्यक्ष मदन तिमल्सेना, भिमाद नगर कमिटिका अध्यक्ष इमान थापा लगाएतले आफ्नो मन्तव्य राख्नुभएको थियो । राष्ट्रिय युवा संघ नेपाल, तनहूँ जिल्ला कमिटि सदस्यहरु र भिमाद नगरका युवाहरुको सहभागी रहेको थियो । कार्यक्रम भिमाद नगर राष्ट्रिय युवा संघका निर्वतमान उपाध्यक्ष शिव आलेले संचालन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?