तनहूँ । आदिकवि भानुभक्त क्याम्पसमा आगामी चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका, क्याम्पस इकाइ अध्यक्ष उप -प्राध्यापक विजयराज खनालको संयोजकत्वमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रबन्ध समिति गठन गरेको छ । उक्त समिति सदस्यहरुमा संघका उपाध्यक्ष उप-प्रध्यापक चिरञ्जीवी बस्नेत, उप -प्राध्यापक जनक काफ्ले सहायक प्राध्यापक विष्णु हड्खले र सदस्य -सचिवमा पुस्तकालय सहायक दलबहादुर दरै रहनुभएको छ ।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेको अध्यक्षतामा बुधवार अपरान्ह् क्याम्पसमा बसेको प्राध्यापक एवं कर्मचारीको संयुक्त बैठकले उक्त प्रबन्ध समिति गठन गरेको हो। । क्याम्पसमा विद्यमान स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन विनियम २०७३ मा क्याम्पस प्रमुखले निर्वाचन प्रबन्ध समिति गठन गर्न सक्ने र क्याम्पस सञ्चालक समितिको अध्यक्षको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गर्न सक्ने प्रावधान रहेको छ ।
त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरुमा आगामी चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने कार्यतालिका प्रकाशन गरि निर्वाचन प्रक्रिया प्रारम्भ गरिसकेको अवस्थामा क्याम्पसले पनि उक्त कार्यतालिका पालना गर्दै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न लागेको हो।








