सरकारले किसानहरुको समस्या नसुनेको बनेको तनहूँका किसानहरुको आरोप

  • ख-
  • ख+

तनहूँ । सरकारले किसानहरुको समस्या नसुनेको बनेको तनहूँका किसानहरुले आरोप लगाउनुभएको छ । आज तनहूँको दमौलीमा एक पत्रकार सम्मेलन गर्दै किसानहरुको हकहितको लागि गठन गरिएको सम्युक्त कृषक संघर्ष समिति तनहूँले उक्त आरोप लगाएको हो । समितिका अध्यक्ष मित्र दुराको अध्क्षतामा भएको पत्रकार सम्मलेनमा उहाँहरुले झोलामा भैंसी बाख्रा बोक्ने किसान सुखमा सच्चा किसान दुः खमा रहेकोले सरकार र सम्बन्धित निकायले उत्पादनमा आधरित अनुदान व्यवस्था लागु गर्नुपर्ने, सरकार मार्फत सिधै कृषि कर्जा तथा बिमा सुविधा प्रदान गर्नुपर्ने, कृषि अनुदान अपचलन गर्नेलाई तुरन्त कारवाही गर्नुपर्ने लगायतका १७ वटा मागहरुमागहरु रहेको बताउनुभएको थियो ।
कार्यक्रममा किसान अगुवाहरु खेमराज अधिकारी, कालिका पौडेल, ईश्वर पन्थ, कुलचन्द्र अधिकारी, प्रकाश मल्ल टाईसन, रमेश आचार्य, राजु खड्का, भगवति जि. सी, भानुभक्त सोति, सुमन थापा लगायतले किसान बाँचे मात्र देश बाँच्ने भएकोले स्वदेशमा नै केहि गर्छु भनेर लागेका किसानको उत्पादनले बजार नपाउने, दाना चोकरको मुल्य अप्रत्यासित बढ्ने मारमा परेर किसानहरुले आत्महत्याको बाटो रोजेको बताउनुभएको थियो ।
कार्यक्रममा राज्यलाई बचाउनको लागि किसानलाई बचाउन अत्यावश्यक भईसकेको र त्यस्को लागि किसानहरुका मागहरुलाई यथासिघ्र सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको सहभागी किसानहरुले बताउनुभएको थियो ।
स्थानिय सरकार, प्रदेश सरकार, केन्द्र सरकार तथा स्थानिय प्रशासनलाई किसानका १७ बुँदे मागहरु घच्घच्याउनका लागि आगामी आईतबार दमौलीमा सभा तथा व्यास नगरपालिका र जिल्ला प्रशासन कार्यालय तनहूँमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको पनि उक्त अवसरमा जानकारी दिईएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?