तनहूँ । नेपाल शिक्षक संघ तनहूँको आसन्न नवौं अधिवेशनमा कृष्ण तिवारीले सचिव (अर्थ) पदमा दावेदारी प्रस्तुत गर्नुभएको छ । आफु हिजो पनि शिक्षकको हकहितको लागि लडेको र आँउदा दिनहरुमा पनि शिक्षक हकहितको लागि लड्ने भएकोले तनहूँ जिल्ला भरका शिक्षकहरुले अझ सेवा गर्ने मौका दिने आफुले आशा गरेको तिवारीको भनाई छ ।
मृदुभाषी एवं कर्तव्यनिष्ट शिक्षक मानिनुहुने तिवारी व्यास ११ रानीगाउँका बासिन्दा तिवारी व्यास १० दुम्सिचौरको भानु माध्यमिक विद्यालयमा कार्यरत हुनुहुन्छ ।
फागुन २० देखि शुरु हुने नेपाल शिक्षक संघ तनहूँको अधिवेशन शुरुवात हुदैछ । उक्त अधिवेशनमा निर्वाचन मिति फागुन २४ गते तोकिएको र अध्यक्ष उपाध्यक्ष लगायत अन्य पदहरुमा पनि सर्वसम्मत चयन गराउने प्रयास केहि समय अगाडिदेखि शुरु भईरहेको छ ।








