तनहूँ । शिक्षकको अधिकार सुनिश्चित र बिद्यार्थीको गुणस्तिरिय शिक्षा पाउने अधिकारको लागि आफुले नेपाल शिक्षक संघ तनहूँको निर्वाचनमा उपाध्यक्ष पदमा उमेदवारी दिएको शिवलाल पन्थले बताउनुभएको छ । बर्षौ देखि शिक्षकको रुपमा काम गर्दा पनि सबैबाट उपेक्षित शिक्षकको हक हितको लागि बोल्न त म नै अगाडि बढ्नु पर्ने रहेछ भन्ने मलाई लागेर यसपटक उपाध्यक्षमा उमेदवारी दिएको हुँ पन्थको भनाई रहेको छ ।
आगामी २४ गते बुधवार दमौलीमा हुने नेपाल शिक्षक संघ तनहूँको निर्वाचनमा निर्मल मा.वि. दमौलीका शिक्षक पन्थले उपाध्यक्ष पदको आकांक्षी हुनुहुन्छ ।
अध्यक्ष , उपाध्यक्ष लगायतका पदहरुमा धेरै आकांक्षीहरु भएपनि सहमतिमा नेतृत्व चयन गर्ने सम्भावना रहेको विश्वस्त श्रोतले बताएको छ ।








