व्यासका जनप्रतिनिधीले अनाथ बालबालिकासँग जनप्रतिनिधीले मनाए होली

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाका जनप्रतिनिधीले व्यास नगर समता विद्यालयमा अध्ययन गर्ने बालबालिकासँग सोमबार होली पर्व मनाएका छन् ।

जनप्रतिनिधीसँग होलीपर्व मनाउन पाउँदा बालबालिकाहरु खुसी भएका थिए । जनप्रनिधिले विद्यालयमा आश्रित ४४ जना अनाथ बालबालिकासँग होली खेल्दै उनीहरुलाई मिष्ठान्न भोजनसमेत खुवाएका थिए । नगर प्रमुख वैकुष्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रवक्ता जीवन गुरुङ, वडा नम्बर ९ का वडाध्यक्ष सुरेश थापा लगायतको जनप्रतिनिधी तथा शिक्षा शाखाका प्रमुख नविन पराजुलीले बालबालिकासँग होली पर्व मनाएका हुन् ।

वडा नम्बर –७ को शेषमटार, नरङगामा रहेको हाल बन्द अवस्थामा रहेको क्यामिन कोट प्राथामिक विद्यालयमा समता विद्यालय सञ्चालन गरिएको छ । नगरपालिकाले अति विपन्न, अभिभावक विहीन, शिक्षाको पहुँचमा नरहेका ४४ जना बालबालिकालाई खाना र आवासको व्यवस्था विद्यालयमा गरिएको नगरपालिकाले जनाएको छ । ४० लाख खर्च गरेर बन्द भएको विद्यालयको भौतिक संरचना बनाईएको र यो वर्ष १ करोड बजेट विनियोजन गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

५० लाख अध्यन, खाना तथा आवासीय खर्च र ५० लाख रुपियाँ शिक्षक तथा कर्मचारी व्यवस्थापनको लागि एक करोड बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । शिक्षाबाट कुनै पनि बालबालिकाका बञ्चित नहुन् र उनिहरुको क्षमता विकासको लागि अवसर दिने प्रमुख उद्देश्यले विद्यालय सञ्चालन गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?