तनहूँ । व्यास नगरपालिकाको आयोजनामा यहि फागुन २४ गतेका दिन महिला खुला हाफ म्याराथन प्रतियोगिता हुन गईरहेको छ । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला खुला हाफ म्याराथन प्रतियोगिता गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । व्यास नगरपालिका वडा नं. ३ दमौली बजारको पवित्र व्यास गुफा बाट शुरु हुने उक्त म्याराथन प्रतियोगिता व्यास ११ को ऐतिहासिक स्थल तनहूँसुरमा पुगेर समापन हुने पनि उक्त अवसरमा बताईएको थियो ।
२१ किलोमिटर लामो उक्त दौड प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा टेवा पुरेयाउने प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा व्यासका मेयर बैकुण्ठ न्यौपानेले बताउनुभएको थियो ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार ७९ रुपैया दोश्रा हुनेलाई ३१ हजार ७९ रुपैया, तेश्रा हुनेलाई २१ हजार ७९ र सान्त्वना पुरस्कार ३ जनालाई ११ हजार ७९ रुपैया प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।








