आँबुखैरेनीबाट लागू औषध सहित बिशाल र जितेन्द्र पक्राउ

  • ख-
  • ख+

तनहूँ । फागुन २२ गते बिहान जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ पुलजिप स्थितमा लागुदार्थ सहित पर्सा बिरगंज महानगरपालिका वडा नं. १८ बस्ने बर्ष १८ को बिशाल सराव पक्राउ गरेका छन् । अस्थायी प्रहरी पोष्ट मुगलिङ पुलजिपबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट पोखरा तर्फ आउदै गरेको ना. ४ ख. २५४९ नं. को बस चेकजाँच गर्ने क्रममा बसमा सवार बिशाल सरावलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट लागु औषध डाईजेपाम १०० एम्पुल, फेनरागन १०० एम्पुल र नुफिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल अबैध लागु औषध र मोबाईल थान १ फेला परेको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

निज बिशाल सरावलाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछको क्रममा खुल्न आएका लागुऔषध कारोबारमा संलग्न जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १२ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १५ मितेरीगाउँ बस्ने बर्ष ४४ को जितेन्द्र गुरुङलाई समेत नियन्त्रणमा लिएको खाँडले जानकारी दिनुभएको छ । गुरुगंको साथमा नगद रु.४९,५००।– (अक्षेरुपी उनन्पचास हजार पाँच सय रुपैया) र मोबाइल थान २ बरामद गरी दुवै जनालाई बरामद लागु औषध सहित २३ गते तनहूँ जिल्ला अदालत उपस्थित गराई दिन ५ (पाँच) को म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?