बौद्धिक अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुको लागि धूप बनाउने तालिम संचालन

  • ख-
  • ख+

तनहूँ । सहृदयी मन्च तनहूँ नेपालको आयोजना तथा सामाजिक विकास तथा स्वास्थ मन्त्रालय गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुको लागि दमौलीमा वास्नादार बटारे धूप बनाउने तालिम संचालन भएको छ । २०७९ फागुन २५ गतेदेखि २८ गतेसम्म सन्चालन हुने तालिमको उद्घाटन सामाजिक विकास कार्यालय तनहूँका कार्यालय प्रमुख विक्रम सुवेदीले गर्नु भएको थियो । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणका लागि आगामी दिनमा सामाजिक विकास कार्यालयले सीपमूलक तालिमको लागि पहल गर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा अपांगता अधिकारकर्मी मदन पौडेल, व्यास नगर पालिका वडा नं.३ का वडा सदस्य श्रीमाया बि.क., महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख राधा आचार्य, मस्तिष्क पक्षघात स्वाबलम्बन समूह तनहुँ कार्यक्रमका संयोजक विष्णु प्रसाद गौतम, तनहूँ बहिरा संघका अध्यक्ष राजन रानाभाट, अपांगता महिला सशक्तिकरण समाज तनहूँका सचिव सीता देवी कुंवर, तनहूँ नेत्रहीन सघका कोषाध्यक्ष तारा कुमारी पोख्रेल, रिसेडका सदस्य किशोर न्यौपाने र बन्दिपुर अपांगता समन्वय समितिका सदस्य एवम् सहृदयी मन्च तनहूँ नेपालका सल्लाहकार कृष्ण बहादुर थापाले अपांगता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणमा यो तालिम टेवा पुग्न सक्नेछ भन्ने बताउनु भयो ।
सहृदयी मन्च तनहूँ नेपालका अध्यक्ष सावित्री सुवेदीको अध्यक्षता भएको कार्यक्रममा स्वागत भाषण सहृदयी मन्च तनहूँ नेपालका सदस्य विराजमान कुमालले गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन मन्चका सचिव कृष्ण थापाले गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?