नेपाल प्रहरीका ५ रिक्त एआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा वसन्त कुवर

  • ख-
  • ख+

काठमाडौं । नेपाल प्रहरीका रिक्त पाँच एआईजीमा शुक्रबार बढुवा सिफारिस भएको छ । बढुवा समितिले सिफारिस निकालेको हो ।

पहिलो नम्बरमा वसन्त कुँवर हुनुहुन्छ । यसअघि डीआईजीमा पनि कुवर नै पहिलो नम्बरमा हुनुहुन्थ्यो ।

टेकप्रसाद राई दोश्रो, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहनुभएको छ । यसअघि गत असारमा निकालिएको बढुवा सिफारिसमा पनि दोस्रोमा राई नै हुनुहुन्थ्यो । चौथोमा थापा, पाँचौमा ज्ञवाली र छैटौंमा बज्राचार्य थिए ।

तेस्रो नम्बरमा रहेका अशोक सिंहले राजीनामा दिएपछि पछाडि रहेका एक(एक स्थान उक्लिनुभएको हो ।

बढुवा समितिको सिफारिसविरुद्ध उजुरी नपरे एक सातापछि सरकारले उनीहरूलाई एआईजीमा बढुवा गर्नेछ । एआईजीमा बढुवा हुने यीमध्येबाट एकजनाले आगामी चैत १० गतेदेखि नेपाल प्रहरीको नेतृत्व गर्नुहुनेछ । प्रहरीमा गत साउनदेखि एआईजी रिक्त रहेपनि पदपूर्तिका लागि सिफारिस हुन सकेको थिएन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?