तनहूँ। रोट्रयाक्ट क्लब अफ दमौलीले रोटा सप्ताह अन्तर्गत सेती बुल्दी दोभान दमौलीघाटको सरसफाई गरेको छ । क्लबले आइतबार व्यास ३ मा रहेको घाट वरपर सरसफाई गरेको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।
सो कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने प्रमुख अतिथि रहेका थिए । सो अवसरमा नगरप्रमुख न्यौपानेले घाट साबिकको सांझा थलो भएकाले सरसफाईसंगै व्यवस्थित गर्नुपर्ने बताए । उनले भने नगरपालिकाले घाटमा पूर्वाधार निर्माणसंगै व्यवस्थापनका लागी सहयोग गर्दै आएको छ । उनले अगाडी भने घाट नजिक रहेका चौतारी पनि संरक्षण गर्नुपर्ने आवश्यक देखिको छ ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले तनहूँले सहयोग गरेको कार्यक्रम संयोजक रवि अधिकारीले जानकारी दिए ।
कार्यक्रममा महिला उद्यमी संघ तनहूँकी अध्यक्ष निर्मला मल्ल, सेती बुल्दी दोभान दमौली घाट व्यवस्थापन समितिका अध्यक्षओम बहादुर थापा लगाएतले घाटको व्यवस्थापन र सरसफाईमा सबैको साथ सहयोग हुनुपर्ने बताए ।
क्लबले रोटा सप्ताह अन्तर्गत यसअघि शिक्षा सम्बन्धि इन्टरयाक्ट क्लबका विद्यार्थीलाई प्रशिक्षण, ब्यानर परिवर्तन, स्व. सचिन स्मृति रक्तदान लगाएतका कार्यक्रम गरिसकेको छ भने अब रोट्रयाक्ट दिवस र फुटसल कार्यक्रम बाँकी रहेको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।








