तनहूँ । राष्ट्रिय युवा संघ नेपाल भानु नगर कमिटीको दोश्रो अधिवेशनबाट सोम तमाङ अध्यक्ष चयन हुनुभएको छ । बुधवार सम्पन्न अधिवेशनबाट उपाध्यक्ष सोचन्द्र बजगाई, सचिव थमन बहादुर नेपाली, सह सचिव अमृत बहादुर कुमाल, पारस सापकोट, कोषाध्यक्ष सन्दिप हड्खले लगाएतका ३१ सदस्य कमिटि निर्विरोध चयन गरेको छ।
नेकपा एमाले तनहूँका जिल्ला सचिवालय सदस्य शंकर रानाभाटको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरु नेकपा एमालेका नेता सर्वेन्द्र खनाल, नेकपा एमालेका जिल्ला सदस्यहरु, भानु नगर कमिटिका अध्यक्ष प्रेम राना, राष्ट्रिय युवा संघ नेपाल तनहूँका जिल्ला अध्यक्ष मदन तिमल्सेना लगाएतका महानुभावहरुले भानु नगर युवा संघलाई अधिवेशनको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
भानु नगर युवा संघका अध्यक्ष विर बहादुर लामा (चिजे) को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शंकर रानाभाटले ”नेकपा एमालेले जस्तो देशको माया गर्ने अरु पार्टी नै भएको ” बताउनुभएको थियो । उहाँले ” नेकपा एमालेले जहिले नि देश र जनताको पक्षमा हुने, विकास निर्माणको लागि योजनाहरु अगाडि सार्ने भनेकै एमाले पार्टी भएको ‘‘ पनि बताउनु भएको थियो ।
उक्त अवसरमा नेकपा एमालेका नेता सर्वेन्द्र खनालले ”देशको चिन्ता नेकपा एमालेका अध्यक्ष केपि ओलीलाई जति अरुलाई नभएको र उहाँको काम गर्ने तरिकाले नै आफु नेकपा एमालेमा प्रवेश गरेको” बताउनुभएको थियो ।
उक्त अवसरमा राष्ट्रिय युवा संघ नेपाल तनहूँका अध्यक्ष मदन तिमल्सेना ”देशमा परिवर्तनका लागि युवाहरु नै लाग्न पर्ने युवाहरुले चाहाना गरे भने विश्व नै परिवर्तन हुने र अहिलेसम्मको परिवर्तन जति भएका छन् त्यो युवाहरुको संघर्षको कारण सफल भएको” बताउनुभएको थियो ।








