बेसीशहरमा शनिवार निः शुल्क मानसिक स्वास्थ्य शिविर संचालन हुने

  • ख-
  • ख+

सुमित्रा पौडेल । बेशीशहर । बेसीशहर नगरपालिकाको आयोजना र प्रायोजनमा शनिवार निः शुल्क मानसिक स्वास्थ्य शिविर संचालन हुने भएको छ । मानसिक तथा मनोसामाजिक समस्या भएको महशुस गरेका मानिसहरुको उपचारको लागि उक्त शिविरको आयोजना गर्न लागिएको र पहिलो पटक भएकोले करिब एक सय जना व्यक्ति स्वास्थ्य परिक्षणमा सहभागी हुने अपेक्षा रहेको नगपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोज सिह बोहोराले बताउनुभएको छ । पहिलादेखि नै मानसिक समस्या भोगिरहनुभएका व्याक्तिहरुले अनिवार्य रुपमा आफ्नो स्वास्थ्य परिक्षण गरि फाइदा लिनुहुन पनि आयोजकले आग्रह गर्नुभएको छ ।
कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य तथा स्वावलम्बन संगठन लमजुङ अस्पताल लमजुङको समन्वय र सहकार्य हुन लागेको उक्त शिविर शनिवार विहान ८ वजे देखि वेलुका ४ वजेसम्म हुने बताईएको छ ।
उक्त शिविरमा मानसिक स्वास्थ्य परिक्षण सेवा, निःशुल्क औषधि वितरण, मनोपरामर्श सेवा, मनोसामाजिक प्राथमिक उपचार सेवा, सूचना सामाग्री वितरण,सचेतना मुलक भिडियो प्रसारण हुने बताईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्