तिलगंगामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

  • ख-
  • ख+

काठमाडौँ । काठमाडौँ महानगरपालिका-९ तिलगंगास्थित सडकमा गाडीको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।

ना.३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट सिन्धुपाल्चोक जलबिरे गाउँपालिका – ९ घर भई हाल काठमाडौँ सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता उदयपुरको कटारी नगरपालिका ४ ककुरखोला पुलस्थित सडकमा बा.५ ख ४६५३ नम्बरको टिपरले बाग्मती प्रदेश ०२-०१९ प ४९१५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ धनपालथान गाउँपालिका ७ बस्ने २१ वर्षीय सुधिर कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?