तनहूँ । सहकारी कर्मचारी क्लबको दोश्रो अधिवेशन तथा वनभोज कार्यक्रम शनिवार दमौलीमा सम्पन्न भएको छ । क्लवका बाबुराम मिश्रको अध्यक्षतामा सहकारी कर्मचारी क्लबको दोश्रो अधिवेशन तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिका नगर प्रमुख बैकुण्ठ न्यौपाने रहनु भएको थियो । विशिष्ठ अतिथि जिल्ला सहकारी संघ तनहूँका अध्यक्ष प्रदिप राज अधिकारी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ अध्यक्ष अम्बर बहादुर कुबर रहनु भएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य सह आयोजक एंव राष्ट्रिय सहकारी बैंक लि. दमौली शाखाका शाखा प्रमुख उपेन्द्र दाहालले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले सहकारी कर्मचारी क्लब र सहकारी बैकले तनहूँको सहकारी अभियानलाई व्यवस्थित बनाउने र पछिल्लो समयमा सहकारी चुनौतिहरु सामना गर्न सहकारी सञ्चालक, कर्मचारी र नियमनकारी निकायको महत्वपूर्ण भुमिका रहेको बताउनु भएको थियो । कर्मचारी निति, नियम, कर्मचारीका समस्याहरु समाधान गर्न र सहकारीका कर्मचारीका क्षमता वृद्धि र श्रम ऐन अनुसार सेवा सुविधा दिनुपर्ने कुरा विशिष्ठ अतिथिद्धयको भनाई रहेको थियो ।
उक्त अधिवेशनमा नव निर्वाचित कार्य समिति चयन गरेको छ जसअनुसार अध्यक्ष बाबुराम मिश्र, उपाध्यक्ष निरु दुरा, सचिव अर्जुन रानाभाट, कोषाध्यक्ष अर्जुन खड्का, सदस्य नारायण तिमल्सेना, सदस्य यम बतास, सदस्य साजन थापा, सदस्य राम बाबु गैह्रे, सदस्य लक्ष्मी श्रेष्ठ, सल्लाहकार सदस्यहरु उपेन्द्र दाहाल, शान्तराम न्यौपाने, शंकर पोखरेल, कृष्ण प्रसाद पौडेल, मुर्ति मंगल रिमाल, सागर खनाल र मन्जु काफ्ले रहनुभएको छ ।
नयाँ कार्य समिति चयन लगायत विभिन्न मनोरञ्जनात्मक खेलका साथै सांस्कृतिक कार्यक्रमआयोजना गरि सञ्चालन भएको कार्यक्रमको सञ्चालन शान्तराम न्यौपानेले सञ्चालन गर्नु भएको थियो ।








