सभापति गौरब पन्थ
तनहूँ । तनहूँ दमौलीको आदिकवि भानुभक्त क्याम्पसको स्ववियु पदाधिकारी निर्वाचन भागबण्डामा टुंग्याईएको छ । जसअनुसार सत्तारुढ दलसग आवद्ध नेपाल विद्यार्थी संघ र अन्य ४ दल सम्बद्ध अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी प्यानललाई अनेरास्ववियु , अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु) , अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी), अखिल (क्रान्तिकारी) सम्युक्त विद्यार्थी प्यानललाई ८ सिट प्रदान गरिएको छ ।
सहमतिको आधारमा चयन गरिएको स्ववियु पदाधिकारीहरुमा सभापतिमा नेविसंघ र अनेरास्ववियुका गौरब पन्थ, सचिवमा अनुप आले मगर, कोषाध्यक्षमा निर्दोष भट्टराई प्रत्यक्षतर्फको सदस्यहरुमा निलिमा थापा मगर, गणेश पोखरेल, सुस्मिता श्रेठ, अर्चनाकुमारी साह, प्रविन आले प्रमिशा शाही, शिव विश्वकर्मा र राहुल नेपाली चयन हुनुभएको छ ।
त्यसैगरि समानुपातिकबाट सविन लामिछाने, सागर पाण्डे, दिनेश बिश्वकर्मा, सुमन खड्का , सुनिल रानाभाट, कोपिला विश्वकर्मा , निकिता बसेल र अशोक रुचाल चयन हुनुभएको छ ।








