राष्ट्रिय युवा संघ म्याग्देको अध्यक्षमा अमिर श्रेष्ठ चयन

  • ख-
  • ख+

तनहूँ। राष्ट्रिय युवा संघ नेपाल म्याग्दे गाउँपालिकाको अधिवेशनबाट अमिर श्रेष्ठ अध्यक्ष चयन हुनुभएको छ। नेकपा एमालेका स्थायी कमिटिकस सदस्य किरण गुरुङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अमिर श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो ।

कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमाले केन्द्रिय सदस्य सिमा क्षेत्री, अतिथिहरु नेकपा एमालेका प्रदेश सदस्य दुर्गा पराजुली, जिल्ला सचिवालय सदस्य रत्न कुमारी घिमिरे, जिल्ला सदस्य एवम् युवा इन्चार्ज देवन गुरुङ, राष्ट्रिय युवा संघ नेपाल तनहूँका जिल्ला अध्यक्ष मदन तिमल्सेना, नेकपा एमाले म्याग्दे गाउँ कमिटिका अध्यक्ष बसन्त थापाले युवा संघलाई अधिवेशनको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

अधिवेशनले सुन्दर थापा उपाध्यक्ष, सचिवमा सरोज श्रेष्ठ, सह -सचिवमा सविना श्रेष्ठ, कोषाध्यक्षमा उषा गुरुङ लगाएत ३१ सदस्य कमिटि निर्विरोध चयन गरेको छ ।

अधिवेशन राष्ट्रिय युवा संघ नेपाल म्याग्दे गाउँपालिका अध्यक्ष सन्तोष रानाको सभापतित्वमा सम्पन्न भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?