तनहूँ । तनहूँको दुलैगौडामा रहेको जिपी कोईराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रमा स्वास प्रश्वास सम्बन्धि सेवा शुभारम्भ गरिएको छ । स्वर्गिय गिरिजा प्रसाद कोईरालाको १३ स्मृति दिवसको अवसरमा उक्त अस्पतालमा विज्ञ चिकित्सकको सेवा सहित स्वास प्रश्वास सम्बन्धि सेवा शुभारम्भ गरियो ।
उक्त अस्पताल व्यवस्थापन समितिका सदस्य शेषमणी आचार्यले स्वास प्रश्वास विज्ञ डाक्टर शैलेश गुरुगंलाई अस्पतालमा स्वागत गरि उक्त सेवा शुरुवात भएको घोषणाा गर्नुभएको हो । उक्त अवसरमा सदस्य आचार्यको स्वास्थ्य परिक्षण गरि डाक्टर गुरुगंले उक्त सेवा शुभारम्भ भएको जानकारी दिनुभएको थियो ।
उक्र अवसरमा अस्पतालका कार्यकारी निर्देशक डाक्टर रामकुमार श्रेष्ठले यस प्रकारको सेवा नेपालका सरकारी अस्पतालमा यो पहिलो भएकोले स्वास प्रश्वास सम्बन्धि स्वास्थ्य सेवा लिन नेपालभरबाट आउने विश्वास व्यक्त गर्नुभएको थियो । साथै उहाँले विरामीहरुको ध्यानमा राखेर उक्त सेवा निः शुल्क प्रदान गर्ने पनि बताउनुभएको थियो ।








