तनहूँ । राष्ट्रिय युवा संघ नेपाल तनहूँमा नयाँ नेतृत्व निर्वाचित भएको छ । बिहिवार तनहूँको दमौलीमा भएको नवौं जिल्ला अधिवेशनबाट मदन तिमल्सेनाको अध्यक्षतामा जिल्ला कार्य समिति निर्वाचित भएको हो । अधिबेशनवाट मदन तिमल्सेना अध्यक्ष, सुरेन्द्र तामाङ उपाध्यक्ष , बसन्त पौडेल सचिब, माधब थापा र सन्तोष राना उप-सचिब र वीर बहादुर लामा कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतले उद्घाटन गरेको कार्यक्रममा बस्नेतले युवाहरुले सबैका पार्टीका नेताहरुलाई होशियारी र खबरदारी गर्नुपर्ने परिस्थिति रहेको बताउन्भएको थियो ।








