तनहूँ । लियो क्लव अफ तनहूँको अध्यक्षमा बसन्ती थापा मगर चयन हुनुभएको छ । क्लवको शुक्रबार सम्पन्न अधिवेशनबाट वर्ष २०२३÷२४ को अध्यक्षमा थापा चयन हुनुभएको हो । उहाँ लियो क्लव तनहूँको इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल हुनुभएको छ ।
क्लवको प्रथम उपाध्यक्षमा सागर घिमिरे, द्वितीय उपाध्यक्षमा रुविन श्रेष्ठ, तृतीय उपाध्यक्षमा आकाश अधिकारी, सचिवमा डिपी थापा, सहसचिवमा मुकेश विडारी र कोषाध्यक्षमा राम श्रेष्ठ चयन हुनुभएको छ । पछि कार्यसमितिलाई पूर्णता दिईने क्लवका २०२२/२३ का अध्यक्ष सुदिप गफ्फारले जानकारी दिनुभयो ।
यसैबीच क्लवले व्यास–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको स्ववियु निर्वाचनमा विजयी भएका क्लबका सदस्यलाई सम्मान गरेको छ । स्ववियु सभापति गौरव पन्थ, सहसचिव सविन लामिछाने र सदस्यहरु प्रमिशा शाही ठकुरी, प्रविण आले र अर्चना साहलाई सम्मान गरिएको छ । उहाँहरुलाई लायन्स क्लब अफ तनहूँका अध्यक्ष राजु दाहाल, लियो क्लबका पूर्व अध्यक्ष सुनिल मिश्र लगायतले सम्मान गर्नुभएको थियो ।








