अजित पन्थ एलायन्स क्लब अफ तनहूँको अध्यक्षमा निर्वाचित

  • ख-
  • ख+

तनहूँ । एलायन्स क्लब अफ तनहूँको अध्यक्ष अजित पन्थ निर्वाचित हुनुभएको छ । आज दमौलीमा बसेको एलायन्स क्लब अफ तनहूँको समिति गठन कार्यक्रमले एलायन्स बर्ष २०२३/२४ का लागि पन्थलाई अध्यक्ष निर्वाचित गरेको हो । क्लबका अध्यक्ष विनय राउतको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष सुदिप पौडलले एलायन्स क्लब अफ तनहूँले समाजमा धेरै कामहरु गरेकोले अझ समाजको लागि काम गर्न युवाहरु एकजुट हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा क्लबका अध्यक्ष विनय राउतले आफ्नो कार्यकालमा क्लबले गरेका कार्यहरुको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विशेष अतिथि समाजसेवी देवेन्द्रप्रसाद सुवेदीले एलायन्स क्लब अफ् दमौलीले राम्रा कामहरु गरिरहेकोले आफुले सदा तन , मन र धनले सहयोग गर्ने बताउदै अझ समाजसेवामा अग्रसर हुन सबै सदस्यहरुलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रमबाट सुसन पन्थ प्रथम उपाध्यक्ष, अमित कैनी द्धितिय उपाध्यक्ष, आशिष श्रेष्ठ सचिव,अनुसिल पौडेल कोषाध्यक्ष, महेश वाग्ले सह-सचिव, होमनाथ सुवेदी सह-कोषाध्यक्ष, माधब पौडेल जनसम्पर्क अधिकारी, सदस्यहरुमा अमिर मिश्र, श्रीकृष्ण बराल, गौरब खड्का, कृष्ण गिरी, उत्तम अर्याल र सुमिन मिश्र चयन गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?