तनहूँ , १३ चैत । तनहूँ समाज हङकङको अध्यक्षमा तेज गुरुङ चयन हुनुभएको छ । समाजको आठौं अधिबेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समाजको उपाध्यक्षमा रुम (रोशन) गुरुङ र सुबित गुरुङ चयन हुनुभएको छ । त्यस्तै सचिबमा हेम थापा, कोषाध्यक्षमा कुश थापा, सहसचिवमा मदन थापा र सहकोषाध्यक्षमा नरेन्द्रसिंह रानालाई चयन गरिएको छ ।
समाजको सदस्यमा रुद्र गुरुङ, भोज कुमार आले, जगत प्रसाद थापा, कुमार गुरुङ, पोशन कुमार थापा, बिपिन थापा, हरी थापा, नबिन थापा ,होम आले, भिम राना, बिष्णु थापा, सागर गुरुङ, नरेश आले र लेख बहादुर भुजेल रहनुभएको छ ।
तनहूँ समाज हङकङका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा समाजका पुर्व अध्यक्ष यम थापा प्रमुख अतिथि रहनुभएको थियो । तनहूँ समाज हङकङ तनहूँबाट विभिन्न सिलसिलामा हङकङ पुगेका नेपाली युवाहरुको आवद्धतामा गठित संस्था हो । समाजले सन् १९९९ देखी नै तनहूँको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । शैक्षिक क्षेत्रबाट जिल्लामा सामाजिक कामको थालनी गरेको समाजले अहिले विभिन्न रोगबाट पीडित बनेका आर्थिक रुपले कमजोर व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ ।
समाजले भुकम्पपछिको पूननिर्माण, बाढी पहिरो जस्ता दैवि प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहूँको शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार सम्बन्धि पूर्वाधार बिकास तथा प्रवद्र्धनमा समेत सहयोग गर्दै आएको छ ।








