तनहूँ । नेपाल हिन्दु राष्ट्र माग राखि २०४७ सालमा स्थापित शिवसेना नेपालले चितवन जिल्लाको संयोजक (अध्यक्ष) मा व्यवसायी तथा समाजसेवी लेखनाथ पौडेललाई मनोनयन गरेको छ । शिवसेना नेपालका केन्द्रिय सदस्य राजेन्द्र सेढाईको सिफारिसमा सनातन धर्म, राजसंस्था, अखण्ड नेपालको मुल भुत सिद्धान्तमा अडिग रहेर संस्थाको पवित्र कार्य पुरा गर्ने सवालमा जिम्मेवारी निर्वाह गर्नुहुनेछ भन्ने विश्वासका साथ पौडेललाई उक्त जिम्मेवार दिईएको जनाईएको छ ।
शिवसेना नेपालले चितवन जिल्लाको संयोजक पदमा मनोनयन पश्चात हाम्रा सम्वाददातासग कुरा गर्दै लेखनाथ पौडेलले सनातन धर्म, संस्कृतिको रक्षा गर्नु सबैको कर्तव्य भईरहेको समयमा समग्र नेपालीको पहिचान बचाउन पनि आफु शिवसेना नेपालको अध्यक्ष पदमा बसेको र जिवनभर राष्ट्रको भलाईको लागि लागि पर्ने बताउनुभएको थियो ।
चितवन तथा तनहूँका जनतामाझ मिलनसार र सहयोगी व्यक्तिका रुपमा परिचित ४८ बर्षिय पौडेल नारायणी मोटरबोट ब्यवसायी समितिका अध्यक्ष पनि हुनुहुन्छ भने तनहूँ र चितवनमा विभिन्न व्यवसायमा संलग्न हुनुहुन्छ ।








