युआरएलको प्राविधिक सहयोग आयोजित निः शुल्क स्वास्थ्य शिविरबाट एकैदिन १ सय २ जना लाभान्वित

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । पोखरा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको २३ औँ स्थापना दिवसको अवसरमा निः शुल्क स्वास्थ्य परिक्षण शिविर सकिएको छ ।

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी स्वास्थ्य परिक्षण गरिएको छ । शिविरमा एक सय दुई जनाले सेवा लिएका छन् । मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) को स्वास्थ्य परिक्षण गर्न पाएपछि सेवाग्राहीलाई राहत मिलेको छ ।

गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युआरएलले स्थापनाकालदेखि नै विभिन्न संघ, संस्थासंग सहकार्य गरी निशुल्क शिविर गर्दै आएको छ । स्थापनाको दश वर्षमा एक लाख ६० हजार नागरिकले निशुुल्क स्वास्थ्य परिक्षण सेवा लिएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त बताउछन् ।
सामाजिक उत्तरदायित्व बहन गर्दै बेला–बेलामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरी नागरिकलाई सेवा दिदै आएको अध्यक्ष पन्तले बताए । उनका अनुसार युआरएलले अहिले गण्डकी प्रदेशका २० स्थानबाट सेवा दिइरहेको छ । मोबाइल र अन्य इलेक्ट्रोनिक्स व्यवसायमा फरक खालका समस्या रहेकाले समस्या समाधानका लागि व्यावसायिक एकता अपरिहार्य रहेको अध्यक्ष पन्तको भनाई छ ।

कार्यक्रममा संघका प्रदेश अध्यक्ष उदयबहादुर केसी (लाहुरे दाइ), सचिव चिन्तामणी खरेल लगायतले सामाजिक सेवामा संस्थाले गरेको कार्य उदाहरणिय रहेको बताएका छन् । सोही अवसरमा रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा ४१ प्रिन्ट रगत सङ्कलन भएको छ ।
साभारः आर्थिक आवाज

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्