बच्चालाई तातो पानी वा आगोले पोलेमा तुरुन्तै के गर्ने ?

प्रा. डा. शंकरमान राई
  • ख-
  • ख+

कहिलेकाहीं नसोचेको दुर्घटना हुन्छ, घरमै पनि । खासगरी असावधानीवश बच्चालाई तातो पानीले पोल्न सक्छ । कहिलेकाहीं आगोले पोल्न सक्छ । यस्तो बेला के गर्ने ?

तुरुन्त अस्पताल पुर्‍याउन अनुकूल नहोला । कति गृहिणी त अत्तालिन्छन् पनि । किनभने उनीहरु मात्र घरमा भएको बेला बच्चालाई यसरी तातो पानी वा आगोले पोल्न सक्छ । अब उनीहरुलाई के गरौं, कसो गरौं हुन्छ ।

अचानक यस्तो घटना भएमा हाम्रो दिमागले पनि सही काम गर्दैन । यद्यपि यतिबेला आफूलाई सम्हालेर बच्चाको ९बुढापाका वा अरु व्यक्ति पनि हुनसक्छ० प्राथमिक उपचार गरिदिनुपर्छ ।

हुन त आगो वा तातो पानीले कति पोलेको छ रु कसरी पोलेको छ रु त्यो कति जटिल वा सामान्य छ रु यसअनुसार पनि उपचार फरक हुनसक्छ । यदि धेरै जटिल अवस्था छैन भने घरमै केही प्राथमिक उपचार गरिदिनुपर्छ ।

 

के छ प्राथमिक उपचार ?

पानी वा आगोले पोलेको भागमा छाला रातो भएको छ, फोका उठेको छैन भने पोलेको भागमा तुरुन्तै चिसो पानी लगाइदिनुपर्छ । खासगरी धारो वा भाँडोबाट भएपनि धारा बनाएर पोलेको ठाउँमा लगाउनुपर्छ । दुखाइ वा पोल्ने क्रम कम नभएसम्म लगाइरहनुपर्छ । सामान्यतया आधा घण्टासम्म धारा बनाएर चिसो पानी लगाइरहँदा राम्रो हुन्छ ।

यसरी चिसो पानी लगाउँदा पोलेको ठाउँमा दुखाइ कम हुन्छ । त्यसपछि पोलेको भागको अवस्था हेरेर थप उपचार गर्ने वा नगर्ने टुंगो गर्नुपर्छ रु

यसरी पोलेको छालाको सतहमा फोका उठ्न सक्छ । त्यस्तो फोका फुटाउनु हुन्न । फोका फुट्यो भने घाउमा कपडा टाँसिन सक्छ । साथै घाउ दुख्ने र संक्रमण हुने जोखिम पनि हुन्छ ।

धेरै मान्छेले के गल्ती गर्छन् भने पोलेको ठाउँमा आइस क्युब लगाउँछन् । पोलेको ठाउँमा तुरुन्त आइस लगाउनु हुँदैन । कतिपयले गोलभेंडा, गोबर लगाउँदा ठीक हुन्छ भन्ने पनि गरेको सुनिन्छ । यसरी अनुमानको भरमा घरेलु उपचार गर्दा घाउ थप जटिल बन्ने, संक्रमण हुने, पाक्ने हुनसक्छ ।

कस्तो अवस्थामा तुरुन्तै अस्पताल लैजाने ?

तातो पानी वा आगोले धेरै नै पोलेको छ, छाला पूरै नष्ट भएको वा गहिरो घाउ भएको छ भने कति पनि ढिला नगरी नजिकको स्वास्थ्य केन्द्र वा अस्पताल पुर्‍याउनुपर्छ । यसरी अस्पताल पुर्‍याउने क्रममा पनि पोलेको भागमा चिसो पानीले भने भिजाइरहनुपर्छ ।

नरम कपडालाई चिसो पानीले भिजाएर पोलेको भागमा राख्नुपर्छ । घाउ सुख्खा भएमा चिसो सफा रुपमालले ६–७ पटक भन्दा बढी भिजाइरहनुपर्छ । यसमा धुलो, फोहोर, झिंगा बस्न दिनु हुँदैन । आगो वा तातो पानीले पोलेको बच्चालाई प्रशस्त झोलिलो पदार्थ खुवाउनुपर्छ । उनीहरुको शरीर कमजोर हुन दिनु हुँदैन ।

कहिलेकाहीं आगो वा तातो पानीले पोलेर निकै जटिल अवस्थामा पुर्‍याउन सक्छ । शरीरको धेरै भाग जल्न वा पोल्न सक्छ । छालाको भित्री तहसम्म त्यसको असर हुनसक्छ । यस्तो अवस्थामा जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्