बेसीशहर ८ का गर्भवति महिला तथा सुत्केरी आमाहरु पोषण वितरण

सर्वज्योति
  • ख-
  • ख+

५ फागुन । बेसीशहर । पोषणको महत्ववारे जानकारी गराउन लमजुगं जिल्लाको बेसीशहर नगरपालिका वडा नंं ८ ले सुनौला हजार दिनका आमाहरुलाई अण्डा वितरण गरेको छ । वडाले गर्भवती तथा सुत्केरी महिला र बालवालिकाको पोषण स्थितीमा सुधार ल्याउन वडाभित्र रहेका सुनौलो हजार दिनका आमाहरुलाई अन्डा वितरण गरेको हो ।

वडा कार्यलयले विहिवार एक कार्यक्रमको आयोजना वडा भित्रका २ सय ८७ जना आमाहरुलाई एक/ एक किरेट अन्डा वितरण गरेको हो । गर्भवति महिला तथा सुत्केरी आमाहरुलाई पोषणको महत्ववारे अभिमुखिकरण सहित वडा अध्यक्ष पवित्रा थापा रानाले अण्डा वितरण गर्नुभएको हो ।
पोषणको कमिले विभिन्न स्वास्थ्य समस्या देखिने हुदाँ हामीले खाने खाना सन्तुलित र पोषणयुक्त हुन आवश्यक रहेको भन्दै वडा अध्यक्ष थापा रानाले प्रत्येक व्यक्ति आफ्नो र परिवारको स्वास्थ्य प्रति सचेत हुनुपर्ने वताउनुभयो ।

पोषणयुक्त तथा सन्तुलित भोजनको महत्ववारे आमाहरुलाई जानकारी गराई स्वास्थ्य प्रति सचेत र सजग गराउन वडाले प्रत्येक वर्ष पोषण वितरण कार्यक्रम आयोजना गर्दै आएको वडाअध्यक्ष थापारानाले वताउनुभयो । उहाँले वडाले के दियो भन्दा पनि यसको महत्व वुझ्न जरुरी रहेको भन्दै स्वस्थ रहन खानपानसँगै व्यक्तिगत र वातावरणिय सरसफाईमा ध्यान दिन समेत आग्रह गर्नुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?