अनुहारमा आएको कोठी हटाउन के गर्ने ?

  • ख-
  • ख+

अनुहारको सौन्दर्यलाई लिएर विभिन्न खालको चिन्ताले सताइरहेको हुन्छ । यसमध्ये पनि अनुहारमा आउने अनावश्यक कोठीले धेरै दुस्ख दिइरहेको हुन्छ ।

छालाको दुई तह हुन्छ( एपिडर्मिस र डर्मिस । एपिडर्मिसमा मेलानोसाइट भन्ने कोष हुन्छ, जसले छालामा रंग बनाउने काम गर्छ । मेलानोसाइटबाट मेलानो पिग्मेन्ट छालामा जम्मा भयो भने कोठी बन्छ । कोठी वंशाणुगत र घामको विकिरणका कारण आउने गर्छ ।

वंशाणुगत कोठी बर्थमार्क जस्तै हुन्छ, यसलाई कन्जेनिटल नेभस भनिन्छ । यो शरीरको जुनसुकै भागमा आउन सक्छ । त्यस्तै घामको विकिरणले आउने कोठी हुन्छ, जसलाई लेन्टिजेनियस भनिन्छ । प्रायस् शरीरमा घाम पर्ने ठाउँ जस्तो अनुहार, हातखुट्टा, ढाडमा आउने गर्छ । यो घाममा हिंड्ने वा काम गर्ने मानिसमा आउने सम्भावना बढी हुन्छ । अन्य कोठीहरु शरीरको जुनसुकै भागमा आउन सक्छ ।

यसबाहेक जन्मिएपछि आउने जुनसुकै बेला आउन सक्छ भने कुनै माथिल्लो सतहमा देखिने कोठी, कुनै भित्री भागमा गएर बाहिरी रौं पलाउने कोठी हुन्छ । प्रायस् अनुहारमा आउने कोठी वंशाणुगत र घामको कारणले बढी आउने गर्छ ।

कोठी हटाउन सकिन्छ ?

अनुहारमा वा शरीरको जुनसुकै ठाउँमा आउने तिलकोठीलाई औषधि, लेजर प्रविधि र शल्यक्रियाबाट हटाउन सकिन्छ । तर औषधिले एकदम स(सानो कोठीलाई मात्र हटाउन सकिन्छ । तर ठूलो(ठूलो र छालाको माथि उठेका कोठी भएमा लेजर वा शल्यक्रियाबाट हटाउनुपर्ने हुन्छ । यस्तोमा औषधिले काम गर्दैन । लेजर वा शल्यक्रिया गर्दा खासै साइट(इफेक्ट हुँदैन । कसैकसैलाई सामान्य दुख्ने, घाउबाट रगत आउने, दाग बस्ने इन्फेक्सन हुन सक्छ ।

त्यस्तै कोठी हटाउने कुनै घरेलु उपाय छैन । तर कतैकतै कोठी हटाउन कोठीमा टुथपेस्ट, चुना, एसिड लगाउने चलन छ । यसले कोठी हट्नुको साटो छालामा एलर्जी तथा नकारात्मक असर मात्र गर्छ । त्यसैले यस्तो कार्य पूर्ण रुपमा बन्द गर्नुपर्छ ।

कति लाग्छ खर्च ?

अस्पताल र क्लिनिक अनुसार यसमा लाग्ने खर्च फरक हुन सक्छ । धेरैजसो लेजर र शल्यक्रिया गर्दा लगभग तीन हजारदेखि २५ हजारसम्म लाग्ने गर्छ । साथै कोठीको साइजमा पनि भर पर्छ । किनकि कुनै कोठी एकचोटी लेजर वा शल्यक्रिया गर्दा निस्किन्छ भने कुनै दुई(तीन पटकसम्म गरेर निकाल्नुपर्ने हुन्छ ।

कोठी आउन नदिन के गर्ने ?

वंशाणुगत तथा जन्मजात भएको कोठीलाई हटाउन सकिंदैन । तर नयाँ आउने कोठीलाई कम गर्न घाममा कम हिंड्ने वा घाममा निस्किंदा सन्सक्रिन लगाएर मात्र निस्किनुपर्छ । यसैगरी समय(समयमा चिकित्सकलाई जाँच गराउन सकिन्छ ।

(छाला तथा यौनरोग विशेषज्ञ डा. घिमिरे काठमाडौं दरबारमार्गस्थित आवरण स्किन क्लिनिकका सञ्चालकसमेत हुन् । उनीसँग गरेको कुराकानीमा आधारित)

(साभारः अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्