९ हजार चार सय २० बालवालिकाले लगाए लमजुङमा दादुरा–रुवेला विरुद्धको खोप

सर्वज्योति
  • ख-
  • ख+

२ चैत । बेसीशहर । लमजुङमा ९ हजार वढी बालवालिकाले दादुरा रुवेला विरुद्धको खोप लगाएका छन् । फागुन १३ गतेमा बाट सुरु भएको दादुरा रुवेला विरुद्धको खोप अभियान जिल्लाका सवै स्थानिय तहहरुमा सम्पन्न भएको छ । अभियानका क्रममा जिल्लामा पाँच वर्ष मुनिका नौ हजार चार सय २० जना बालवालिकालाई खोप लगाइएको छ ।

स्वास्थ्य कार्यालय लमजुङका अनुसार स्थानिय तहमा निर्धारित लक्ष्य भन्दा बढि बालबालिकाले दादुरा रुवेला विरुद्धको खोप लगाएका छन् । जिल्लाका सवै स्थानिय तहमा ६ हजार सातसय ३१ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

कार्यालयका अनुसार १३ गतेबाट खोप अभियान सुरु भएको बेसीशहर नगरपालिकामा दुईहजार आठसय ६ जना बालबालिकाले खोप लगाएका छन् । सुन्दरवजार नगरपालिकामा दुईहजार एकसय २३ जना, मध्यनेपाल नगरपालिकामा एकहजार तीनसय २४ जना र राइनास नगरपालिकामा ८ सय ८२ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

गाउँपालिका तर्फ दोर्दी गाउँपालिकामा सातसय ५० जना, मस्र्याङदी गाउँपालिकामा सातसय ७८ जना, दुधपोखरी गाउँपालिकामा तीनसय ७४ जना र क्होलासोँथार गाउँपालिकामा तीनसय ७९ बालबालिकाले खोप लगाएका छन् ।

जिल्लामा फागुन १३ गते देखि सुरु भएको अनियान अन्र्तगत पहिलो चरणमा बेसीशहर, सुन्दरवजार, मर्स्याङदी, दोर्दी र दुधपोखरी गाउँपालिकामा खोप लगाइएको थियो भने दोस्रो चरणमा राइनास, मध्यनेपाल र क्व्होलसोथरमा खोप अभियान सञ्चालन भएको थियो ।

खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले सन् २०२६ सम्म दादुरा–रूबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरेको हो । दादुरा–रूबेला सवैभन्दा बढी संक्रामक रोग भएको र एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्ने जोखिम भएकोले यस वर्ष देशभरी नै खोप अभियान सञ्चालन गरीएको मन्त्रालयले जनाएको छ ।
साभारः मर्स्याङदी समाचार ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्