पोखरा । पोखरा उद्योग वाणिज्य संघको भावी अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले उमेदवारी दिने घोषणा गरेका छन् । पाेखरामा विहीबार उमेदवार घाेषणा कार्यक्रमकाे आयाेजना गर्दै वरिष्ठ उपाध्यक्ष कार्कीले साे जानकारी दिएका हुन् ।
कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले कसैलाई काखा पाखा नगर्ने र आम व्यवसायीहरु आफ्नो शक्ति रहेको भन्दै सघकाे निर्वाचनमा आफूले कुनै प्यानल नबनाएको जिकिर गरे ।
आफू व्यवसायीसँग चिरपरिचित रहेको र इमानदारीपूर्वक काम गरेको भन्दै उनले प्राकृतिक न्यायको सिद्धान्तबमोजिम वरिष्ठ उपाध्यक्षबाट अध्यक्षमा दाबी गरेको प्रस्ट पारे ।
उनले सहकार्यका लागि सबै ढोका खुलै राखेको बताए । संघको ७०औँ अधिवेशन तथा ३५औँ महाधिवेशन यही भदौ २८ र २९ मा हुँदैछ ।