डेगुं संक्रमणमा तनहुँ तेश्रोः देशभर १४ हजार ९७५ जना तनहुँमा एक हजार ७२६

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । डेगुं संक्रमणमा तनहुँ जिल्ला दोश्रो सबैभन्दा धेरै डेगुं संक्रमित भएको जिल्ला भएको छ । ः देशभर १४ हजार ९७५ जना बिरामी हुदाँ तनहुँमा एक हजार ७२६ जना डेंगु सङ्क्रमितहर हरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार ७७ जिल्लामध्ये जुम्लामा बाहेक सबै जिल्लाका १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

ईडीसीडीको तथ्यांकअनुसार सबैभन्दा बढी कास्की जिल्लामा २ हजार २२१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै, तनहुँमा १ हजार ७२६, काठमाडौँमा १ हजार ९८६ जना डेंगु फैलिएको छ । यस्तै, पर्वतका १ हजार २८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको ईडीसीडीको तथ्याङ्क छ ।

यस्तै, चितवनमा ८२९, गोरखामा ५५२ ,ललितपुरमा ४४८, बागलुङमा ३३९, स्याङ्जामा २६४, कैलालीमा २३९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यी दश जिल्ला सबैभन्दा बढी डेंगु सङ्क्रमण भएका जिल्ला हुन् ।

कुन प्रदेशमा कति डेंगु सङ्क्रमित ?

देशभरका सातवटा प्रदेशमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा डेंगु सङ्क्रमण फैलिएको छ । यहाँ ६ हजार ४८९ जना डेंगु सङ्क्रमित छन् । यस्तै, बागमती प्रदेशमा ४ हजार ४८९, कोशी प्रदेशमा एक हजार ३२९ जनामा डेंगु पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

यस्तै, लुम्बिनी प्रदेशमा ९९५ जना, कर्णाली प्रदेशमा २२० जनामा डेंगु सङ्क्रमण भएको छ । यस्तै, मधेस प्रदेशमा २८९ र सुदूरपश्चिम प्रदेशमा ७३९ जनामा डेंगु पुष्टि भएको सरकारी तथ्याङ्क छ ।

डेंगु रोग डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । यो रोगको सङ्क्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु रहेको चिकित्सकको सुझाव छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?