दमौलीमा उत्पादित चप्पल बजारमाः गुणस्तरिय चप्पल उत्पादन गरेको दाबी

  • ख-
  • ख+

तनहूँ । केही महिनाअघि मात्र सञ्चालनमा आएको व्यास गण्डकी चप्पल उद्योगमा उत्पादित चप्पल बजारमा आएको छ । बिजि ग्रुपले ४ महिना अघि उत्पादन सुरु गरेको चप्पल श्रीपञ्चमीको अवसर पारेर मंगलबारदेखि बजारमा ल्याइएको कम्पनीका म्यानेजिङ डाइरेक्टर मनोज राउतले जानकारी दिनुभयो ।


व्यास नगरपालिका वडा नं. ४ चुरे खोल्सीमा २५ जना युवाहरुको लगानीमा सञ्चालन गरिएको सो उद्योगले पहिलो चरणमा विभिन्न किसिमका चप्पल उत्पादनलाई प्रथामिकता दिएको राउतले बताउनुभयो । शुरुवातको समयमा साढे २ करोडको लगानीमा उद्योग सञ्चालन गरिएको र निकट भविष्यमा कम्पनीको कार्य क्षेत्र र उत्पादन विस्तार गर्ने तयारी गरिएको वहाँले बताउनुभयो ।
उद्योगमा उत्पादित चप्पलहरु गुणस्तरीय र ए ग्रेडको भएकाले उपभोक्ताको मन जित्नेमा आफुहरु विस्वस्त रहेको ग्रुपका सचिव दयाराज कट्टेलले बताउनुभयो । स्थानीय बजारमा मात्र नभई बाहिरा पनि चप्पलको माग बढीरहेको वहाँका भनाई छ ।
हाल उत्पादित चप्पल तनहुँको दमौली, भिमाद, आबुँखैरेनी, खैरेनीटार, चन्द्रावती लगायत बजारमा पठाइएको राउतले बताउनुभयो । केही महिनाभित्रै उत्पादन वृद्धि गरी लमजुङ, गोर्खा, धादिङ जिल्लाका बजार पठाउने योजना रहेको उनले जानकारी दिए ।
कम्पनीकै नाममा २ रोपनी जग्गा खरिद गरी उद्योग सञ्चालन गरिएको छ । उक्त कम्पनीले लोकल, ब्रोइलर, कडकनाथ प्रजातिका कुखुरापालन र व्यवसायिक तरकारी खेती समेतको योजना बनाइरहेको अध्यक्ष पदमबहादुर थापा मगरले बताउनुभएको छ ।
केही महिनाभित्र कम्पनीले जुत्ता, साबुन, सिएफएल चिम लगायतका उत्पादन थप्ने योजना बनाएको वहाँले बताउनुभयो । अहिले उत्पादन भएका चप्पल होलसेल र डिलरलाई दिइने छ । उद्योगले हाल ८ जना युवाहरुलाई प्रत्यक्ष रोजगारी दिएको कम्पनीका म्यानेजिङ डाइरेक्टर मनोज राउतले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?