गरिब निवारणका लागि लघु उघम विकास कार्यक्रम अन्तरगत ब्यास नगरपालिका वडा नम्वर २ को आयोजनामा ब्यूटी पार्लर र सिलाइ कटाई सम्बन्धी प्राविधिक सिप विकास तालिम सम्पन्न भएको छ । कार्यक्रम ब्यास २ का कार्यवाहक अध्यक्ष सुरेश वाग्लेको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि ब्यास नगरपालिकाका उप प्रमुख इन्द्रिरा दरैले सबै जनाले सिकेका सिपहरुलाई ब्यवहारमा ल्याउनु पर्ने, यस्तो खालको सिपले आफ्नो जिवन निर्वाहको लागि सहज हुने बताएकी थिईन् । ब्यास २ का कार्यवाहक अध्यक्ष सुरेश वाग्लेले तालिमको सर्टिफिकेट दराजमा राख्नलाई हैन यसलाई काम गरेर पनि देखाउन पर्ने र सिकेको सिपको सदुपयोग गर्न समेत अनुरोध गरेका थिए ।

अतिथिहरु ब्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशिराम गैरे, ब्यास २ का वडा सदस्यहरु लगाएतको अथितिको उपस्तिथि रहेको थियो । २ महिना सम्म चलेको तालिममा १३ जनाले ब्यूटी पार्लर तालिम र १० जनाले सिलाइ कटाई तालिममा सहभागी रहेका थिए । कार्यक्रम बरिष्ठ प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले संचालन गरेका थिए ।








