नेपाल टेलिकमले जागिर खुल्योः माग्यो उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म ६९ कर्मचारी

सर्वज्योति
  • ख-
  • ख+

नेपाल टेलिकमले ६९ नयाँ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै टेलिकमले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका कर्मचारी पदपूर्ति का लागि दरखास्त आह्वान गरेको हो। ३ जना उपप्रबन्धक, २ जना वरिष्ठ इन्जिनियर, २ जना वरिष्ठ लेखा अधिकृत, १८ जना इन्जिनियर, १२ जना सहायक लेखा अधिकृत, १४ जना सहायक लगायत विभिन्न रिक्त रहेको पदमा पदपूर्ति गर्न टेलिकमले दरखास्त मागेको हो।  इच्छुक र योग्यता पुगेका नेपाल नागरिकहरूले फागुन २९ सम्म दरखास्त दिन सक्नेछन्। दरखास्त शूल्क पद अनुसार फरक फरक निर्धारण गरिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?