आज थप २१ जनाको कोरोनाका कारण मृत्यु

  • ख-
  • ख+

काठमाडौं। पछिल्लो २४ घन्टामा थप २१ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २१ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ ।

यससँगै नेपालमा कोरोनाका कारण अहिलेसम्म ७ सय १५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ३सय ९२ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा१ लाख २६ हजार १ सय ३७ जना कोरोना संक्रमित बनेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्