तनहुँ । तनहुँको व्यास नगरपालिका वडा न ७ को कार्यालय कलेस्तिमा ७ मा छाति सम्बन्धि रोगको छातीरोगको खोजपड्ताल शिविर कार्यक्रम सम्पन्न भएको छ । प्रदेश क्षयरोग अस्पतालका डा. अपिल पोख्रेल, डा. तिलकमानसिंह भण्डारी तथा रेडियोग्राफर धनराज पौडेल ,ल्याब टेक्निसियन राजेन्द्र रानाभाट लगायतको टिमको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा ५२९ जनालाई निः शुल्क छातीको डिजिटल एक्स रे सेवा प्रदान गरिएको थियो । उक्त शिविरमा १८ जना व्यक्तिहरुमा छाति सम्बन्धि जटिल रोगहरु पहिचान गरिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय दमौली, तनहुँको समन्वयात्मक भुमिमा संचालित उक्त शिविरमा स्वास्थ्यकर्मी ,महिला सामूदायिक स्वास्थ्य स्वयं सेविका, क्षयरोग स्वयंसेवक , जन्त्र नेपाल, व्यास नगर, स्वास्थ्य तथा जनसंख्या शाखाका कर्मचारी तथा प्रतिनिधहरु संलग्न भएका थिए । शिविर शुक्रवार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म संचालन भएको थियो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेको उक्त शिविर व्यास नगरपालिका वडा नं. ७ का अध्यक्ष कृकृष्णप्रसाद न्याैपानेको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्तममा व्यास ५ का अध्यक्ष बिष्णुकुकमार श्रेष्ठ हिमाल, व्यास ९ का अध्यक्ष सुरेश थापा, व्यास १० का अध्यक्ष खेमराज पोखरेल, कार्यपालिका सदस्य निला घिमिरे लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।








