घिरिङ गाउँपालिका द्वारा उत्कृष्ट चार कर्मचारी सम्मानित

सर्वज्योति
  • ख-
  • ख+

असार २६, घिरिङ 
घिरिङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने चार जना कर्मचारीलाई विशेष सम्मान प्रदान गरेको छ। गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न हुने अवसर पारेर बिहीबार आयोजित विशेष समारोहमा ती कर्मचारीहरूलाई सम्मान गरिएको हो।

सम्मानित कर्मचारीहरूमा लेखा अधिकृत अविनाश ढकाल, कम्प्युटर अधिकृत तथा पञ्जीकरण शाखा प्रमुख देवेन भुजेल, शिक्षा शाखाका प्राविधिक सहायक पुष्पा थापा खत्री र आन्तरिक लेखा परीक्षक रामु पराजुली रहेका छन्।

उनीहरूलाई गाउँपालिका अध्यक्ष होमबहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूले दोसल्ला ओढाई, करुवा र सम्मान–पत्र प्रदान गरी सम्मान गरेका हुन्।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीहरूको इमान्दारिता, अनुशासन र कर्मठताअनिवार्य रहेको धारणा व्यक्त गरे। उनले सम्मानित कर्मचारीहरूलाई बधाई दिँदै अन्य कर्मचारीहरूलाई पनि भविष्यमा उत्कृष्ट कार्य सम्पादन गरी सम्मान प्राप्त गर्ने दिशामा लाग्न प्रेरणा दिन आग्रह गरे।

अध्यक्ष थापाले उत्कृष्ट सेवा प्रवाहलाई प्रोत्साहन गर्न र कर्मचारीहरूको मनोबल उच्च राख्न यस्ता सम्मान कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?