तनहुँ । चलचित्र ‘मोहर’को प्रचार गर्न पल शाह, अभिनेत्री बेनिशा हमाल र नीति शाह लगायतका कलाकार दमौली आउदैछन् । साउनको २३ गतेबाट रिलिजमा हुन लागेको नेपाली चलचित्र ‘मोहर’को टिम साउन १९ गते सोमबार दिउँसो २ बजे दमौली स्थित क्युएफएक्सको हलमा आउने भएको हो । चुम्बनजंग शाही निर्माता रहेको चलचित्रमा पल शाह, अर्जुनजंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्यm, बालकलाकार सारा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। ट्रिजर तथा गितहरुमा राम्रो प्रतिक्रिया पाएको चलचित्र मोहर दर्शकमाझ राम्रो छाप छोड्ने निर्माण पक्षले आशा गरेको छ। फिल्म मेकर्स प्रा.लि.को व्यानरमा निर्माण भएको यो चलचित्रलाई ओम प्रतिकले लेखन तथा निर्देशन गरेका छन् ।








