व्यास १० मा शुरु भयो भूमि समस्या समाधान आयोग तनहुँको जग्गा नापी नक्सा कार्यको शुभारम्भ

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । व्यास नगरपालिका वडा नं १० मा भूमि समस्या समाधान आयोगद्धारा नापी नक्सा कार्यको शुभारम्भ गरेको छ । उक्त कार्यको शुभारम्भ व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गरेका हुन् । उक्त जग्गा ानापी कार्यको शुभारम्भ गर्दै नगरप्रमुख न्यौपानेले अघिल्ला आष्योगका समयमा जे जसरी नापजाँच भएपनि यसपटक ईमान्दारिताका साथ नापी गर्न सबैलाई आग्रह गरेका थिए । साथै नगरप्रमुख न्यौपानेले दशकौदेखि जग्गाको लालपुर्जा प्राप्त गर्न नसकेका र अव्यवस्थित रुपमा बसोवास गरेका वडावासीलाई राजनीतिक आस्थाका आधारमा पुर्वाग्रह नराखिकन काम गर्न पनि आग्रह गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, भूमि समस्या समाधान आयोग तनहुँका अध्यक्ष गोविन्द सिलवाल विज्ञ सदस्य श्रीराम कार्की, महिला सदस्य आशा थापा, व्यास नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैह्े, व्यास नगर कार्यपालिका सदस्य चेत बहादुर दरै, व्यास १० का पुर्व अध्यक्षहरु तुलसीराम सापकोटा, मायानाथा कोईराला वडा नं. १० वडा सदस्य हरु बासना कुवंर, खिर माया वि.क.,यज्ञ प्रसाद शर्मा , इश्वर पौडेल, नापी कार्यालय तथा व्यास नगरपालिकाका प्राविधिक, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत स्थानियहरुको सहभागिता रहेको थियो । व्यास १० का वडा अध्यक्ष खेमराज पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्य ईश्वर पौडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा वक्ताहरुले व्यास १० का सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको समस्या एकदमै राम्रोसग समाधान गर्नुपर्ने र विवादरहित ढंगबाट जगा नाप प्रक्रिया टुग्यांउनुपर्ने धारणा राखेका थिए । कार्यक्रम संचालन तथा सहजिकरण नापी कार्यालय तनहुँका प्रमुख विजय कुमार सिंहले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?