आदित्य राना पौडेलको परिवारबाट पराशर मा.वि.मा ५ लाख रुपैयको छात्रवृत्ती कोष स्थापना

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ | तनहुँको   व्यास नगरपालिका ५ पाटन, स्थित पराशर माध्यमिक विद्यालय तथा पाटन जेष्ठ नागरिक गुरुकुल आश्रममा गरी जम्मा रु  ५,०५,१६४  (पाँच लाख पाँच हजार एक सय चौसट्ठी रुपैयाँ) छात्रवृत्ति अक्षय कोषको स्थापना गरिएको छ। पराशर माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमका बीच अल्प आयुमै सडक दुर्घटनामा परि निधन हुनुभएका आदित्य राना पौडेलको स्मृतिमा उहाँको परिवार का सदस्यहरू हेम पौडेल (हजुरबुबा) उषा क्षेत्री, (हजुरआमा) इन्द्र राना (बुबा), विद्या पौडेल (आमा) , बिजु पौडेल सानिआमाको तर्फबाट उक्त छात्रवृद्धि अक्षय कोषको स्थापना गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापाको अध्यक्षता तथा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख अतिथ्यतामा एवं व्यास नगरपालिका वडा नम्बर ५ का निवर्तमान अध्यक्ष मोहनकुमार श्रेष्ठको विशेष अतिथ्यतामा सम्पन्न उक्त छात्रवृत्ति अक्षय कोषको रकम हस्तान्तरण कार्यक्रममा परिवारका तर्फबाट विद्यालयका संस्थापक प्रधानाध्यापक समेत रहनुभएका हेम पौडेल एवं उहाँको परिवारका सदस्य सहित  उक्त रकमको चेक प्रमुख अतिथि मार्फत विद्यालयलाई हस्तान्तरण गरेका थिए । सो छात्रवृत्ति अक्षय कोष अन्तर्गत पराशर माध्यमिक विद्यालयमा रु चार लाख चार हजार बयासी   ( रु ४,०४,०८४) तथा पराशर  जेष्ठ नागरिक गुरुकुल आश्रममा रु एक लाख एक हजार बयासी (रू १,०१,०८२) को अक्षयको रकमलाई चेक मार्फत  हस्तान्तरण गरिएको थियो। उक्त छात्रपवृत्ति अक्षय कोषको रकमबाट प्राप्त ब्याजबाट विद्यालयले प्रत्येक वर्ष पाटन युवा क्लबसँग समेत समन्वय गरी आदित्य राना स्मृति कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको आयोजना गर्ने तथा कक्षा १० का प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिने जनाइएको छ भने गुरुकुल आश्रममा पनि आश्रमका विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गरिने गरिने छ। आदित्य राना पौडेलको ४५ औँ पुण्यतिथिको अवसर पारी आयोजना गरिएको उक्त छात्रवृत्ति अक्षय कोष रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बैकुण्ठ न्यौपानेले हेम पौडेलको परिवारको शैक्षिक तथा सामाजिक योगदानको चर्चा गर्दै आदित्य रानाको स्मृतिलाई सधैँ ताजा राख्ने उद्देश्यका साथ स्थापित अक्षय कोष उद्देश्य अनुरुप सञ्चालन हुने आशा राख्दै आदित्य रानाको चिरशान्तिको कामना गर्दै उहाँको परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए । सो समारोहमा व्यास नगरपालिका वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले पौडेल परिवारको शिक्षा तथा सामाजिक क्षेत्रको चासो एबम् योगदानको चर्चा गर्दै अक्षयकोष रकमको सही सदुपयोग हुने विश्वास व्यक्त गरेका थिए । सो अवसरमा वडा सदस्यहरू केसरी थापा, खिमबहादुर थापा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष संगीता तामाङ थापा, पूर्व अध्यक्ष कृष्ण नारायण श्रेष्ठ, मानद्योक थापा, शि अ सङ्घका पूर्व अध्यक्ष कृष्ण पुन, नरबहादुर आले, पाटन टोल विकास संस्थाका अध्यक्ष महेन्द्र गिरी, पराशर आश्रमका अध्यक्ष सत्यप्रसाद श्रेष्ठ,मानुङ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष महेन्द्र थापा, पाटन टोल विकास संस्थाका निवर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठ, खानेपानी उपभोक्ता समितिका अध्यक्ष रावण श्रेष्ठ, विद्यालयमा स्टेसरी बैंक का स्थापनाकर्ता सुबोध वाग्ले, मगर समाजका अध्यक्ष क्याप्टेन हरिबहादुर थापा, पूर्व शिक्षक परशुराम गिरी,युवा क्लबका प्रतिनिधि, आमा समूहका प्रतिनि, भूपू कलरकारी समाज पाटनका अध्यक्ष प्रेम पुन, आक्षय कोष दाताहरू, एवं प्रतिनिधि, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष आईत सिंह नेपाली लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा कार्यक्रमका अध्यक्ष हिरा थापाले अक्षय कोषदाताको परिवार लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै उपस्थित सबैप्रति आभार  प्रकट गर्नुभएको  जानकारी प्रधानाध्यापक रामदत्त पौडेलले दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?