आजकल मेरो आँखामा किन फुलो परेको छ ? – आकाश अधिकारी

आकाश अधिकारी
  • ख-
  • ख+

आजकल
मेरो आँखालाई
अनौठो रोग लागेको छ।
मान्छेलाई र बुँख्याचा

बुँख्याचालाई मान्छे देख्न थालेको छ।
हुदाहुदै!
सेतो र अग्लो हिमाललाई
समथल मरुभूमि देख्न थालेको छ!
मान्छेहरुकै भिडमा
पाँच पाण्डवसग मेल खाने
“पुटिन” अनुहार देख्न थालेको छ
कौंरवहरु संग मेल खाने
अर्को
हिटलरी अनुहार देख्न थालेको छ।
जस्तो देखिनु पर्ने थियो
आम दुनियाँको अनुहार
बिल्कुल फरक देख्न थालेको छ।
बुद्धको अनुहारमा
किन?
उदास,अशान्त र निरीह
देखिन थालेको छ।
अचम्म!
आजकल मेरो आँखामा!
किन?
बदलाव आएको छ।
किन?
फूलो परेको छ।

आकाश अधिकारी-तनहुँ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?