गायिका नितु पौडेलको निधन, गायक तथा संगीतकार बाबुल गिरीविरुद्ध जाहेरी दर्ता

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । गायिका नीतु पौडेलको निधन भएको छ । आज बिहान कीर्तिपुस्थित बर्न अस्पतालमा निधन भएको हो ।
गत कार्तिक १ गते अनामनगरमा उनले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी थिइन् । जलेर गम्भीर घाइते भएको पौडेलको आज निधन भएको प्रहरीले जनाएको छ । उनी गायक तथा संगीतकार बाबुल गिरीसँग लामो समयदेखि प्रेम सम्वन्धमा थिइन् ।
विवाहको विषयमा विवाद भएपछि पौडेलले गिरीको एरेन्ज स्टुडियो अनामनगरमा आत्मदाह प्रयास गरेकी थिइन् । पौडेललेको मृत्यु भएपछि बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दर्ता भएको छ।
प्रहरी वृत्त, सिंहदरबारमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले बताए । जाहेरी दर्ताअगवै बाबुल बिहान प्रहरी कार्यालयमा पुगेका थिए ।
प्रवक्ता भट्टराईका अनुसार अहिले उनी त्यहीँको हिरासतमा छन् । नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?