तनहुँको छाब्दि खोलमा करेन्ट लागेर २८ बर्षका अजय सुयालको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं.१ छाब्दि खोलमा करेन्ट लागेर २८ बर्षका अजय सुयालको मृत्यु भएको छ । कार्तिक १७ गते करिब ११ः ४५ बजे रातिको समयमा छाब्दि खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि घाईते भएका २८ बर्षका अजय सुयालको मृत्यु भएको हो । उक्त समयमा राम बहादुर घर्तीको घरबाट बिजुलिको प्लकमा तार जोडी खोलामा करेन्ट लागई माछा मार्ने क्रममा उत्तः स्थान बस्ने ४० बर्षिय राम बहादुर घर्ती, निजको दाई ५४ बर्षिय सुक्र घर्ती र अमित सुयाल माछा मार्ने क्रममा  सुयाललाई एक्कासी करेन्ट लागी घाईते भई उपचारको लागी प्रदेश अस्पताल दमौली ल्याई उपचार गराएको थियो । उपचाररत सुयाललाई १८ गते राति चिकित्सकले मृत घोषणा गरेको जिल्ल प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?