अमेरिका । नेपालीहरूलाई एकताबद्ध बनाउन अहम् भूमिका खेल्दै आइरहको नेवाः अर्गनाइजेसन अफ अमेरिकाले ‘रजत महोत्सव’ सभ्य भव्य रूपमा मनाइएको छ ।
सो कार्यक्रममा नयाँ कार्यसमिति समेत चयन गरिएको कार्यक्रममा अध्यक्ष पदमा राजेशलाल श्रेष्ठ निर्विविरोध रुपमा चयन हुन सफल भएको छ । साथै उपाध्यक्षका रुपमा दिवाकर धौभडेल, बबिता श्रेष्ठ, महासचिवमा प्रतिक श्रेष्ठ, कोषाध्यक्षमा नविन मोहन रञ्जित तथा सचिवमा सचिन बैद्य निर्वाचित हुन सफल भएको छ । यस्तैगरी सदस्यहरूमा ज्योत्स्ना श्रेष्ठ, शर्मिला श्रेष्ठ म्याकविलियम्स, र अमित खड्गी निर्वाचित भएको छ । निर्वाचन समितिका संयोजक श्यामलाल श्रेष्ठ र सदस्यहरुमा उदय श्रेष्ठ र राजेश श्रेष्ठ रहेका थिए । नयाँ कार्यसमितिलाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना व्यक्त गरेको थियो ।
यस संस्थाले अमेरिकाको डिसी महानगर क्षेत्र र देशैभरिका नेवाः समुदायका लागि विगत लामो समय २५ वर्षदेखि अमेरिकामा रहेका नेपालीहरूलाई आफ्नो मौलिक धर्म, संस्कृति पहिचान जोगाई राख्न तथा विविध कार्य कार्यक्रमका साथै सहयोग गर्न निरन्तर रूपमा कार्य गर्दै आइ रहेको छ । २५ बर्षको गैरवाशालीका रूपमा स्थापित यस संस्थाको मुख्य उद्वेश्य नेवाः परम्परा, भाषा, कला तथा सभ्यता जगेर्ना लगायत सम्बर्धन, प्रवद्र्धन गर्नमा समेत महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।

यस कार्यक्रममा मौलिक लाखे नाच, कुमारी नृत्य समेत प्रस्तुुती, सम्मान समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेपाली दुतावासकी सल्लाहकार अरुणा घिसिंङ्गले नेवाः अर्गनाइजेसन अफ अमेरिकाले प्रवासमा भाषा, कला संस्कृतिको संरक्षण, सम्बर्द्वनमा गरेको योगदान बारे चर्चा गरिनुका साथै केही सल्लाह र सुझाव समेत उनले दिइन् । एनओएका अध्यक्ष महिन्द्र प्रधान, डव्लुएनओका अध्यक्ष मनोहरलाल श्रेष्ठ लगायतले समेत मन्तव्य राखेका थिए ।