सवारी साधन अनुगमन तथा मास्क बितरण

  • ख-
  • ख+

माधब पौडेल । तनहु । ६ कार्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुको आयोजनामा बिहिवार पृथ्वी राजमार्ग सडकखण्डको गुणादीमा सवारी साधनहरुको अनुगमन तथा चेकजाँच गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख तथा एस्पि अरुण पौडेल, जिल्ला ट्राफिक कार्यालय तनहुका प्रमुख रेशम रानाभाट, जिल्ला प्रसाशन कार्यालयका प्रतिनिधिहरु, लायन्स क्लब अफ तनहु दमौली अध्यक्ष सरोज भण्डारी तथा अन्य पदाधिकारीहरु, विभिन्न यातायात कम्पनीका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । उक्त टोलीले चाडपर्वको अवसरमा सवारी साधनहरुको अवस्था, यात्रुहरुको अवस्था, कोरोनाको माहामारीको समयमा यात्रु तथा चालकदलका सदस्यहरुले मास्क तथा सेनिटाईजरको प्रयोग गरे नगरेकोे अवस्था, सवारी साधनहरुले बढि भाडा असुल गरेकोे गुनासोको अनुगमन लगायत बिषयमा चेक जाँच गरिएको थियो । उक्त अवसरमा मास्क प्रयोग नगर्ने यात्रु तथा चालकदलका सदस्यहरुलाई मास्क प्रदान गर्नुका साथै गाडीमा सेनिटाईजर अनिवार्य रुपमा राख्न पनि निर्देशन दिईएको थियो । चेकजाँचको क्रममा यात्रुहरुसग अन्र्तक्रिया गर्दा सरकारले तोकेको भन्दा बढि भाडा असुल गर्ने सवारी साधनहरुलाई भाडा फिर्ता गर्न लगाई कारवाही पनि गरिएको थियो ।

बिहानको समयमा गरिएको चेकजाँचमा आफै खटिएर चालकदलका सदस्य र यात्रुहरुसग अन्र्तक्रिया गर्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रमुख अरुण पौडेलले “यसरी समय समयमा चेकजाँच गरेर चालकदलका सदस्य र यात्रुहरुसग प्रत्यक्ष कुराकानी गर्दा वहाँहरुले कानुनी राज्यको प्रत्याभुत गर्न पाउने, वहाँहरुको पिरमर्का सुन्न पाउने र त्यहि अनुरुप काम कारवाहीहरु अगाडि बढाउन पाईने भएकोले पनि आफुहरुले यो अभियान संचालन गरेको” बताउनुभएको थियो ।
दमौली लगायत जिल्लाका मुख्य बजारहरुको पार्किगं व्यवस्थित गर्ने, दमौलीमा मनपर्दीसग पार्किगं गरेर राखिएका सवारी साधनलाई चेन लक गर्ने, प्रदुषण फैलाउने, नम्बरप्लेट नबुझिने, स्वरुप परिवर्तन गर्ने सवारी साधनहरुलाई कारवाही गर्ने अभियान संचालन गरेर सर्वसाधारणको साथ र वाहवाही पाईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले चाडपर्वहरुको समयमा गरेका यस्ता चेकजाँचले सबैलाई फाईदा पुग्ने र आउदा दिनहरुमा पनि सवारी साधनदेखि यात्रुहरुको सुविधाको लागि यस्ता कार्याक्रमहरु संचालन गरिरहने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुका प्रमुख रेशम रानाभाटको प्रतिवद्धता जनाउनुभएको थियो ।
उक्त कार्यक्रमका लागि आवश्यक मास्क लायन्स क्लब अफ् दमौली तनहुले उपलब्ध गराएको थियो ।

(भिडीयो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?