काठमाडौं । कोरोना संक्रमित प्रतिनिधीसभा सदस्य निरु पाललाई प्रादेशिक अस्पताल महेन्द्रनगरमा स्वास्थ्यमा सुधार हुन नसकेपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।
नेकपा सांसदका साथै महिला तथा सामाजिक समितिकी सभापति रहेकी पाललाई बिहिबार कोरोना भाइरस पोजेटिभ देखिएको थियो।
कोभिड-१९ को लक्षण देखिएपछि उनले कोरोनाको स्वाब दिएर परीक्षण गराएकी थिइन्।
आफूलाई हल्का ज्वरो आएको, जिउ धेरै दुखेको र श्वास फेर्न गाह्रो भएपछि उनले जाँच गराएकी थिइन्।








