विश्वमा एकैदिन ६ लाख १६ हजार बढीमा कोरोना संक्रमण

  • ख-
  • ख+

काठमाडौं । विश्वमा एकैदिन ६ लाख १६ हजार २० जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । यो संख्या अहिलेसम्मकै उच्च हो ।

त्यस्तै एकैदिन विश्वमा ९ हजार २५ जनाले ज्यान गुमाएका छन् । सबै भन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् ।

अमेरिकामा एकैदिन १ लाख २५ हजार ८ सय २२ जनामा संक्रमण देखिएको छ भने ११ सय ९४ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै भारतमा एकैदिन ४९ हजार ७ सय ३९ जनामा संक्रमण देखिएको छ भने ५ सय ७६ जना संक्रमितको मृत्यु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्