कोरोना संक्रमणबाट तनहूँका बृद्धको निधन

  • ख-
  • ख+

कात्तिक २३ । तनहूँ । उच्च रक्तचाप ग्रसित तनहूँका एकजना कोरोना संक्रमितको उपचारका क्रममा चितवन जिल्ला भरतपुरस्थित चितवन मेडिकल कलेजमा आइतबार दिउँसो उपचारका क्रममा निधन भएको छ ।
अस्पताल श्रोतका अनुसार तनहुँको व्यास नगरपालिका–१४ का ९६ वर्षीय वृद्धमा कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । वृद्धलाई कोभिड कक्षको आईसीयूमा राखेर उपचार गरिएपनि बचाउन नसकिएको अस्पताल श्रोतले बतायो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्