कोरोना संक्रमित २७ सय ३६ जना थपिए

  • ख-
  • ख+

आरजु पौडेल । कार्तिक २५ । काठमाण्डौ । विगत २४ घण्टामा नेपालभरि थप २ हजार ७ सय ३६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमितको सङ्ख्या झन्डै २ लाख पुगेको छ। सो अवधिमा २२ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपराह्ण जनाएको छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १,९९,७६० पुगेको छ। अहिलेसम्म नेपालमा १ हजार १ सय ४८ सङ्क्रमितको को।रोनाको कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ। कुल संक्रमित मध्ये १ लाख ६० हजार ५ सय ७७ जना सङ्क्रमणमुक्त भएका छन्।

विगत २४ घण्टामा ८ सय ५३ जना सङ्क्रमित निको भएको देशभरि ३८ हजार ३५ जना सक्रिय सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्